चीनको बौद्धिक सम्पत्ति बीमाको विकास श्वेतपत्र(२०२२)जारी
2023-02-08 14:35:29CRI
Share with:

चीनको राष्ट्रिय बद्धिक सम्पत्ति ब्यूरो मातहत बद्धिक सम्पत्ति विकास अनुसन्धान केन्द्रले ८ तारिख चीनको बौद्धिक सम्पत्ति बीमाको विकास श्वेतपत्र२०२२सार्वजनिक गरेको छ।

 

श्वेतपत्रका अनुसार, चीनको रचनात्मकता सिर्जना बढेको, पूँजी बजार क्रमशः समृद्ध भएको र बद्धिक सम्पत्ति प्रणाली र क्षमता सुधार भएसँगै चीनको बद्धिक सम्पत्ति वित्तीय सेवा कार्यको विकास भएको छ। चीनको बद्धिक सम्पत्ति वित्तको महत्वपूर्ण अंशको रूपमा रहेको बद्धिक सम्पत्ति बिमाले व्यवसायको बद्धिक सम्पत्ति जोखिमको समाधान गर्न प्रभावकारी तरिका प्रदान गरेको छ साथै नवप्रवर्तन विषय र बजार विषयहरूको बौद्धिक सम्पत्ति अधिकारको संरक्षण मागला पूरा गर्न, बौद्धिक सम्पत्ति सञ्चालन जोखिम रोक्न र साझेदारी गर्न, बौद्धिक सम्पत्ति सञ्चालन सेवा प्रणालीको निर्माणलाई बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।