विश्वको पहिलो चिनियाँ निर्मित ठूलो विमान सी ९१९ सानया शहरमा
2023-02-08 19:07:30cri
Share with:

 

फेब्रुअरी ८ तारिख कोमाक चीनको व्यापारिक उडान कम्पनीको सी ९१९ ठूलो यात्रुवाहक विमानले हाइनान विमानस्थल अन्तर्गत सानया अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान गरेको छ। बुधबार बिहान ११ बजेर ४३ मिनेटमा  "शाङहाइको फुतोङ - सानया - हार्पिन" तीन सहरको लामो दूरीको उडान सञ्चालन क्षमता परीक्षण कार्यमा रहेको सी ९१९ विमान सानया विमानस्थलको धावनमार्गमा सहजरूपमा अवतरण गरेको छ। यसबाट सी ९१९ विमानले औपचारिक रूपमा "सानया यात्रा" शुरू गरेको छ।

 

सानया विमानस्थलको नागरिक उड्डयन विभागको सबभन्दा उच्चतम स्वागत शिष्टाचारका साथ सी ९१९ विमानलाई स्वागत गरेको छ।