व्हो पु स
2023-02-08 09:12:45CRI
Share with:

व्हो पु स एक किसिमको प्राचीन औंलाले धकल्ने र तान्ने गरेर बजाउने बाजा हो। मंगोलियाली जातिका मानिसहरु त्यसलाई खूबै मन पराउँछन। बाजाको नाम अनुवाद गर्दा आवाजको विविधताका आधारमा मानिसहरु त्यसलाई "हाउ पि स""ह पि स" "हु पा छ" आदि भन्नेगर्छन। तर ती सबै बाजा नै हुन। इसा पूर्व पहिलो शताव्दीमा उत्तरी चीनका बासिन्दाहरुले गु चन् बाजा र खोंग हौ बाजाको आधारमा व्हो पु स जस्तो नयाँ खालको बाजाको सिर्जना गरेका थिए।


परम्परागत व्हो पु स बाजाको आकार पन्यू जस्तै छ। त्यसको लम्बाई नव्वे सेन्टिमिटर छ र त्यसको टुप्पातिर बाङ्गो छ अनि अरु भाग सिधा हुन्छ। गोलो खालको गुन्जन बाकसलाई सर्पको छालाले ढाकिएको हुन्छ। त्यसमा तीन/चारवटा तारहरु हुन्छन। त्यो बाजा लामो र गुन्जन बाकस सानो भएकाले त्यसको स्वर उत्तरी चीनको घाँसे मैदानमा सुनिनेखालको उच्च शैलीको छ। व्हो पु स बाजा बजाउने तरिका अन्य प्लकिंग बाजाको जस्तै छ । यस बाजा तारलाई औंलाले धकलेर अनि तानेर बजाइन्छ। व्हो पु स बाजालाई सधै एक्लै बजाइन्छ। कहिलेकाहीं नाच-गानका बेलामा साथ दिने बाजाका रुपमा बजाइन्छ।
    

  व्हो पु स बाजाको नाउँ तेह्रों र चौधौं शताव्दीमा प्रकाशित ऐतिहासिक कृतियुओन् राज-वंशको इतिहासशिष्टता र संगीतमा देखा परेको थियो । त्यस बेला व्हो पु स बाजालाई राष्ट्रस्तरीय बाजाका रुपमा तोकिएको थियो। ठूल्ठूला भोजमा त्यसको सधै उपयोग गरिन्थ्यो। युआन् राज-वंशको पतन भएपछि मिंग राज-वंशका शासकहरुले मंगोलियाली जातिका धेरै चालचलन र रितिरिवाजको बिंडो थामेका थिए तथापि व्हो पु स बाजालाई राष्ट्रस्तरीय बाजाको सूचीबाट हटाएका थिए। सत्रौं शताव्दीमा सत्तामा रहेको छिंग राज-वंश कालमा मंगोलियाली जातिको चालचलन र रितिरिवाजको वाहुल्यता फेरि बढ्नथाल्यो। यसैकारण व्हो पु स बाजालाई फेरि राष्ट्रस्तरीय बाजाका रुपमा राखिएको थियो। त्यस बेला भोजमा व्हो पु स बाजा बजाउनुबाहेक शाही परीवारका सदस्यहरुले हरके वर्षको पहिलो दिन र पहिलो महिनाको पाँचौं दिन आयोजना गरिने भव्य समारोहमा र शिकार गर्न जाँदा व्हो पु स बाजा बजाउँने चलन थियो।

     
छिंग राज-वंशपछि विविध कारणले गर्दा व्हो पु सको उपयोग विस्तारै कम हुनथाल्यो। नयाँ चीनको स्थापनापछि सङ्गीत क्षेत्रका मानिसहरुको प्रयासमा पूरातात्त्विक तथ्यहरुका आधारमा नयाँ खालको व्हो पु स बाजा बनाएको थियो। त्यसको बाह्य आकार पूराका पूरै मंगोलियाली जातिको परम्पराअनुसार छ। नयाँ खालको व्हो पु स बाजाले केही तार बाजाको विशेषतालाई अँगालेको पाइन्छ। जसबाट नयाँ खालको व्हो पु स बाजाको स्वर झन मिठो बन्नगएको छ।