

टर्की सञ्चार माध्यमले ८ तारिख बिहान सार्वजनिक गरेको समाचार अनुसार, टर्की भूकम्पबाट ५,८९५ जनाको मृत्यु हुनुका साथै ३४,८१० जना घाइते भएका छन्।
पैचिङ समय अनुसार ७ तारिख राती १० बजे चिनियाँ सरकारी उद्धार टोली विशेष विमानद्वारा टर्कीको भूकम्पग्रस्त क्षेत्रको उद्धारकालागि उडेको थियो।
चिनियाँ सरकारी उद्धार टोलीबाहेक चीनको गौङ याङ उद्धार टोली, लान थ्यान उद्धार टोली, शन चन सार्वजनिक कल्याण उद्धार टोली आदि सामाजिक उद्धार शक्ति पनि टर्की जाने भएको छ।
चीनको राष्ट्रिय अन्तर्राष्ट्रिय विकास र सहयोग विभागका उपप्रमुख तङ छिङ बोले चीन सरकारले पहिलो समयमा टर्की र सिरियालाई जरूरी उद्धार कार्यको निर्णय गर्दै पहिलो चरणमा टर्कीलाई ४ करोड चिनियाँ युआनको उद्धार सामग्री दिने जानकारी दिनुभएको छ। यसका साथै भूकम्पग्रस्त क्षेत्रमा सहरी उद्धार टोली, चिकित्सा टोली पठाएर उद्धार सामग्री प्रदान गर्ने पनि उहाँले व्यक्त गर्नुभएको छ।


