चीनले निरन्तररूपमा उच्चस्तरीय खुलापन प्रवर्द्धन गर्ने
2023-02-09 20:05:35cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले फेब्रुअरी ९ तारिख बेजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले संसारका लागि उच्चस्तरीय खुलापनलाई निरन्तररूपमा प्रवर्द्धन गर्ने र विश्वसँग एकअर्काको राम्रो भविष्य सिर्जना गर्ने बताउनुभयो।

 

समाचारका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै एउटा लेख प्रकाशित गरेको छ। उक्त लेखमा चीनको अर्थतन्त्रले यस वर्षसम्म विश्वको आर्थिक वृद्धिका लागि एक चौथाइ योगदान दिने अपेक्षा रहेको लेखिएको छ। यो चीनका लागि मात्र नभई विश्वका लागि पनि एक राम्रो समाचार हो।

 

प्रवक्ता माओ निङले उक्त राम्रो समाचारबाट अन्तर्राष्ट्रिय समाजले चीनको आर्थिक विकासको भविष्यप्रति विश्वास लिएको प्रष्ट भएको बताउनुभयो।