धेरै मुलुकद्वारा चिनियाँ पर्यटक समूहको स्वागत
2023-02-09 10:09:27cri
Share with:

चीनले सुव्यवस्थित रूपमा फ्नो नागरिकको विदेश पर्यटनलाई पुनःसुरू गरेयता वैदेशिक पर्यटन व्यवसाय निरन्तर पुनःउत्थान भएको छ। यसै सातादेखि चीनले राष्ट्रिय पर्यटन एजेन्सी र व्यवसायको समूह यात्रालाई पुनःसुरू गरेको छ। हालै धेरै मुलुकले चिनियाँ पर्यटक समूहको स्वागत गर्न तयार रहेको जनाउँदै यस वर्ष पर्यटन व्यवसायको पुनःउत्थानको अपेक्षा लिएका छन्।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले फेब्रअरी ७ तारिख योजित नियमित पत्रकार सम्मेलनमा पहिलो चरणको चिनियाँ पर्यटन समूह ६ तारिख थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया, सिङगापुर, संयुक्त अरब इमिरेट्स, इजिप्ट आदि मुलुक पुगेको र ती मुलुकहरूले हार्दिक रूपमा चिनियाँ पर्यटकलाई स्वागत गरेको बताउनुभएको छ। तीन वर्षपछि, चीनको विदेश समूह यात्रा पुनःसुरू भएबाट विश्व पर्यटन बजारलाई जीवन्त शक्ति थपिनुका साथै महामारीपछि विश्व अर्थतन्त्रको पुनःउत्थानमा पनि शक्ति थपिने छ।