भूकम्पका कारण अमेरिका र पश्चिमी मुलुकहरूले सिरियामाथिको प्रतिबन्ध तत्काल हटाउनुपर्छ
2023-02-09 18:57:20cri
Share with:

 

फेब्रुअरी ६ तारिख सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा दुई पटक ७.८ रेक्टर स्केलको भुकम्प गएको थियो। सिरियाली स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार सिरियाली सरकारले नियन्त्रित क्षेत्रमा भूकम्पका कारण १ हजार २ सय ५० जनाको मृत्यु भएको र २ हजार ५४ जना घाइते भएका छन् साथै मृतकको संख्या अझै बढ्न सक्ने छ।


सिरियाली विदेश मन्त्रालयले अमेरिका र पश्चिमी मुलुकहरूको दीर्घकालीन प्रतिबन्धका कारण सिरियामा उद्धार उपकरणको अभाव भएको औँल्याएको छ। यस्तो अत्यावश्यक अवस्थाको सामना गर्दै सिरियाली अरब रेड क्रिसेन्ट, अमेरिकी-अरब जातीय भेदभाव विरूद्धको समिति र अन्य संस्थाहरूले अमेरिका र पश्चिमी मुलुकहरूलाई सिरियासँगको एकपक्षीय प्रतिबन्ध रोक्न आह्वान गरेका छन्। यद्यपि, अमेरिकी विदेश विभागका प्रवक्ता नेट प्राइसले "स्थानीय मानवीय साझेदारहरू" मार्फत मात्र सहायता दिनसक्ने र अमेरिकाले सिरियामा असद सरकारसँग संलग्न हुन अस्वीकार गरेको बताउनु भएको छ।

गएको केही दशकहरू यता आफ्नो वर्चस्व र "प्रतिबन्धहरू" कायम राख्नका लागि अमेरिकाले मध्य पूर्व र अन्य क्षेत्रहरूका पीडित देशहरूप्रति कुनै सहानुभूति देखाएको छैन्। अमेरिकी राजनीतिज्ञहरूले मध्यपूर्वका जनताप्रति सहानुभूति र समर्थन दिन व्यावहारिक उयाय प्रयोग गर्नुपर्छ र सिरियाविरूद्धको एकपक्षीय प्रतिबन्ध तुरून्तै हटाउनु पर्छ।