पाकिस्तानी विद्वानका आँखामा चीनको विकास अनुभव
2023-02-10 09:21:08CRI
Share with:

 

चीनप्रति चासो माया भएका कारण सात वर्षअघि पाकिस्तानी युवती मिङ चु अध्ययन गर्न पैचिङस्थित छिङ व्हा विश्वविद्यालय आइन्। चीनको कूटनीतिक नीति विषयको मास्टर डिग्री पाएपछि उनले निरन्तर रुपमा चीनमा बस्ने छनौट गरिन्। हाल मिङ चु चीन र विश्वव्यापीकरण केन्द्रमा अध्ययनकर्ता हुन्। उनले अझै धेरै व्यक्तिहरूलाई बेल्ट एण्ड रोडको निर्माणमा संलग्न हुन सहयोग पुर्‍याउन सक्ने छिन्।

 

चीनमा मिङ चुले चीनको कटनीतिको अध्ययन गर्छिन्। अध्ययनकर्ताको हैसियतमा मिङ चुले बेल्ट एण्ड रोड सहयोगात्मक परियोजनाले विश्वको विभिन्न मुलुकको विकासका लागि दिएको ठूलो योगदान देखिन्। मिङ चुले पनि धेरै पटकमा ग्वादार बन्दरगाहआदि चीन-पाकिस्तान आर्थिक करिडोर प्रारुपमा रहेका परियोजनाहरूको भ्रमण गरिन्। उनले दुई मुलुकले चीन-पाकिस्तान आर्थिक करिडोरको उच्च गुणस्तरीय विकास संयुक्त रुपमा अगाडि बढाउने विषयको साक्षी बनिन्। उनी भन्छिन् चीन-पाकिस्तान आर्थिक करिडोरसम्बन्धी सूचनाको घोषणा गरिएको अवसरमा पाकिस्तानको सबैभन्दा ठूलो समाचार बन्यो। चिनियाँ विशेष आर्थिक क्षेत्र विश्वको नमूना बनेको थियो। हामीले ग्वादार बन्दरगाहको योजना बनाएका छौं। हाल यो बन्दरगाह परियोजना सक्रियाका साथ अगाडि विकास भैरहेको छ।

 

मिङ चुकाअनुसार, पाकिस्तान कठिन अवस्थामा परेको बेलामा चीनले पाकिस्तानलाई मद्दत दिएको छ। कोरोना भाइरस महामारी वा गत वर्षमा पाकिस्तानमा बाढी प्रकोप भएको बेलामा चीनले सहायता दिएको छ। पाकिस्तानी प्रधानमन्त्री मुहाम्मेद शाबाज शरिफले चीनको भ्रमण गर्नुभयो। उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशन सम्पन्न भएपछि चीनको भ्रमण गर्नुभएका विदेशी नेताहरुमध्येको एक हुनुहुन्थ्यो। मिङ चुका आँखामा पाकिस्तानी जनताको मनमा चीन न्यानो छ। चीन र पाकिस्तानी दाजु भाइजस्तै छन्।

 

अध्ययन बाहेक मिङ चुले चीनको विकास बाटोबारे जानकारी लिने आशा लिएकी छिन्। उनले चीनका धेरै शहरहरू र गाउँहरूको भ्रमण गरिन्। चीनका गाउँहरूमा उनले स्थानीय विकास र समृद्धिका  बाटोबारे जानकारी लिइन् र चीनको ग्रामीण पुनरुत्थान विकासको कथाको अन्वेषण गरिन्। उनी भन्छिन् सन् २०२१यता अन्तर्राष्ट्रिय युवा चीनको यात्रागतिविधिमार्फत हामीले चीनका धेरै गाउँहरूको भ्रमण गरेका छौं। चीनको गरिबी निवारणबारे जानकारी लिने हो भने गाउँ जानुपर्छ। मेरो विचारमा विकसित मुलुक र अरु विकासोन्मुख मुलुकको तुलनामा चीन विशेष छ। जुनसुकै मुलुकले केही क्षेत्रमा चीनसँग सिक्नसक्छ। तर कुनै पनि मुलुकले चीनको विकास बाटोको नक्कल गर्न सक्दैन। हरेक मुलुकले आफ्नो राष्ट्रिय अवस्थासित अनुकूल हुने उपाय खोज्नुपर्छ।

 

मिङ चुकाअनुसार, उहाँले पाकिस्तान र चीनबीचको पुल बन्ने, अझै धेरै युवाहरूलाई मानव भाग्य समुदायको लक्ष्य साकार तुल्याउनका लागि आफ्नो योगदान दिन प्रोत्साहन गर्ने आशा लिएकी छिन्।