टर्की र सिरियामा चीनको उद्धार जारी
2023-02-10 15:11:55CRI
Share with:

फेब्रुअरी ९ तारिखसम्म टर्की र उत्तरी सिरियामा गएको भूकम्पबाट २१ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने दशँ हजार घाइते भएका छन्। हाल चीनको उद्धार टोली र अरू विभिन्न सामाजिक दलले प्रकोप क्षेत्रमा उद्धार गरिरहेका छन्।

 

८ तारिख चीन सरकारले ८२ जना सदस्य गठित चीनको उद्धार टोलीला टर्कीतर्फ खटाएको थियो। ९ तरिख बिहानसबेरै चीन उद्धार टोलीले स्थानीय उद्धार टोलीसँग ध्वस्त भएको ८ तले भवनको अवशेषबाट एक गर्भवतीको उद्धार गरेको थियो। उक्त अवेशष नजिकैबाट अर्को महिलाला पनि जिउँदै निकालेको थियो। सोहि दिन राति अर्को ७ तले भवनको अवशेषबाट पनि एक २० वर्षीय महिलाला बचाएको थियो।

 

यसबाहेक सिरियाली राजदूताबासको ग्रहमा चीनको रेड क्रसले ९ तारिख बिहान सिरियाली भूकम्पग्रस्त क्षेत्रला पहिलो खेपको ५००० वटा चिकित्सा सामग्री पठाएको छ। ९ तारिख राती उक्त सामग्री दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ। चीनको रेड क्रसको उद्धार टोली चढेको विमानमा नै उक्त सामग्री पठाइएको थियो।