सन् २०२२ मा चीनको वैदेशिक प्रत्यक्ष लगानी मात्रा ५.२ प्रतिशतले बढेको
2023-02-10 15:10:21CRI
Share with:

सन् २०२२ मा बाह्य वातावरणको नकारात्मक प्रभावको समाधान गरी चीनको वैदेशिक लगानी स्थीर रूपमा विकास भएपछि समस्त उद्योगको वैदेशिक लगानी मात्रा ९ खर्ब ८५ अर्ब ३७ करोड चिनियाँ युन पुगेको छ भने ५.२ प्रतिशतले बढेको छ।

 

यी लगानीका विशेषताहरू यस प्रकार छन्:  एक, बेल्ट एन्ड रोड वरिपरि मुलुकमा लगानी सहयोग स्थीर रूपमा बढाइरहेको छ। सो क्षेत्रमा गैर-वित्तीय प्रत्यक्ष लगानी मात्रा २० अर्ब ९७ करोड अमेरिकी डलर पुगेको छ भने ३.३ प्रतिशतले बढेको छ। अनुबन्धित परियोजनाको पूरा मात्रा ८४ अर्ब ९४ करोड अमेरिकी डलर पुगेको छ। नयाँ सम्झताको मात्रा १ खर्ब २९ अर्ब ६२ करोड अमेरिकी डलर पुगेको छ भने बेल्ट एन्ड रोडको संयुक्त रचना गर्न सक्रिय योगदान गरेको छ।

दु, केही उद्योगको वैदेशिक लगानी तीव्र गतिले वृद्धि भएको छ। थोक र खुद्रा व्यापार उद्योगमा लगानी गरेको मात्रा २१ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ भने १९.५ प्रतिशतले बढेको छ, निर्माण उद्योगमा लगानी गरेको मात्रा २१ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ १७.४ प्रतिशत बढेको छ। भाडा र व्यापार सेवामा लगानी गरेको मात्रा ३८ अर्ब ७६ करोड अमेरिकी लडर पुगेको छ भने ५.८ प्रतिशत बढेको छ।

तीन, क्षेत्रीय वैदेशिक लगानी सक्रिय देखिएको छ तीमध्ये क्वाङ तुङ, चच्याङ र शाङहा शीर्ष तीन स्थानमा छन्।