सी चिन फिङद्वारा कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता
2023-02-10 18:51:15cri
Share with:

फेब्रुअरी १० तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग त्यायु थाई राज्य अतिथि गृहमा भेटवार्ता गर्नुभयो।

सो अवसरमा सी चिन फिङले चिनियाँ राष्ट्रको महान पुनरूत्थान कार्य प्रवर्द्धन गर्ने प्रक्रियामा चीनले कम्बोडियासँग मिलेर अवसर बाँडफाँड गर्ने बताउनुभयो। उहाँले आपसी सहकार्य र विकास प्रवर्द्धन गर्नका लागि चीन-कम्बोडिया उच्च गुणस्तरीय साझा भविष्यको समुदाय निर्माण गर्न चीन इच्छुक रहेका कुरा जोड दिनुभयो। दुई देशका जनतालाई फाइदा पुर्याउँदै क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा सकारात्मक शक्ति थप योगदान दिने कुरा पनि उहाँले उल्लेख गर्नुभयो।

हुन सेनले कम्बोडियाले एक चीनको राजनीतिलाई दृढताका साथ पालना गर्ने, राष्ट्रिय सार्वभौमिकता तथा विकास सुरक्षा गर्न चीनलाई समर्थन दिने र चीनको "एक देश, दुई प्रणाली"को राजनीतिलाई दृढतापूर्वक समर्थन गर्ने बताउनुभयो।  कम्बोडियाले आशियान र चीनबीचको सम्बन्धको विकासलाई सक्रियरूपमा प्रवर्द्धन गर्न कम्बोडिया इच्छुक रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

उहाँहरूले साझा सरोकारका विषयमा पनि वैचारिक आदानप्रदान गर्नुभएका छन्। वार्तापछि सी चिन फिङले हुन सेनको लागि दिवाभोजको आयोजना गर्नुभयो।