चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मध्य अफ्रिकामा उद्धार कार्य गरेको चिनियाँ चिकित्सा टोलीलाई जवाफी चिठी
2023-02-10 15:33:39cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रअरी ९ तारिख गणतन्त्र मध्य अफ्रिकामा उद्धार कार्य गरेको १९ औँ चिनियाँ चिकित्सा टोलीलाई जवाफी चिठी पठाएर उक्त टोलीको जिज्ञासा मेट्नुकासाथै टोलीला प्रोत्साहन गर्नुभएको छ।

चिठीमा राष्ट्राध्यक्ष सीले चिनियाँ चिकित्सा टोलीले जीवन र काममा भेटिएका कठिनाइको सामना गरी स्थानीय जनताको सेवा गरेबाट बिरामीलाई बचाउने एक परी हुनुकासाथै मित्रताको दूत भएको औँल्याउनुभएको छ। यस वर्ष चीनले विदेशमा चिकित्सा टोली खटाएको ६०औँ वर्ष भएको उल्लेख गर्दै विदेशमा गएर पहिले उद्धार कार्य गरेको चिकित्सा टोली तथा हाल कार्यरत् चिकित्सक तथा चिकित्सा टोलीहरूलाई राष्ट्राध्यक्ष सीले धन्यवाद व्यक्त गर्नुभएको छ।

सन् १९६३ मा चीनले अल्जेरियामा पहिलो उद्धार चिकित्सा टोली पठाएपछि ६० वर्षयता अफ्रिका, एशिया, अमेरिका महादेश, यूरोप र सेनिया महादेशका ७६ वटा मुलुक र क्षेत्रमा जम्मा ३० हजार चिकित्सक पठाएर २९ करोड बिरामीको औषधोपचार गरेको छ। जसबाट अन्तर्राष्ट्रिय समाजको व्यापक प्रशंसा प्राप्त गरिएको छ।