अमेरिका र बेलायतमा जातीय घृणाका समान दृश्य
2023-02-10 16:47:35cri
Share with:

 

१५ वर्षीय रोलान एडम्सलाई जघन्य हत्या गरिएको थियो। उनको हत्याको विरोध गर्न म ३० वर्षअघि लन्डन आएको थिएँ। उनी र उनको कान्छो भाइ बस स्टपमा पर्खिरहेका थिए। उनीहरूलाई गोरा किशोर किशोरीहरूको एउटा गिरोहले लखेट्दै लग्यो। लखेट्नेहरु धेरैले जातीय विभेदजन्य कुराहरु चिच्याइरहेका थिए।  एडम्सलाई चक्कुले घाँटीमा प्रहार गरी हत्या गरिएको थियो।

यस्ता घटनाले हामीलाई धेरै कुरा सिकाएको छ अनि सँगसँगै हामीले धैरै कुरा गुमाएका पनि छौँ। हामीले प्राप्त गरेका छौं किनभने यो व्यर्थ भएको छैन। तर उपलब्धिको पछाडि थुप्रै पीडा लुकेका छन्। हामी नागरिक अधिकार, प्रहरी सुधार, समान व्यवहार र न्यायको लागि लड्दै गर्दा अझै पनि संघर्ष जारी छ।  आखिर, अमेरिका, बेलायत वा संसारभरि, हामी सबै स्वतन्त्र नभएसम्म हामी कोही पनि स्वतन्त्र हुन सक्दैनौँ।