शनचौ नं १५ का अन्तरिक्षयात्रु समूह पहिलो पल्ट मोड्यूलबाट बाहिर
2023-02-10 16:50:39cri
Share with:

 

चीनको मानवसहित अन्तरिक्ष परियोजना कार्यालयले जनाए अनुसार, फेब्रअरी १० तारिख मध्यरात १२ बजेर १६ मिनेट जाँदा झण्डै ७ घण्टासम्म मोड्यूलबाट निस्केपछि शनचौ नं १५ का अन्तरिक्षयात्रु फै च्युन लोङ, तङ छिङ मिङ र चाङ लुले सफलताका साथ मोड्यूल निस्केका गतिबिधि र निर्धारित कार्यभारलाई सिध्याएका छन्। हाल ती ३ जना अन्तरिक्षयात्रुले सुरक्षित रूपमा वन थेन प्रयोगात्मक मोड्यूल फर्केका छन्। त्यसैगरी मोड्यूलबाट निस्केका गतिबिधि पनि सफलताका साथ सम्पन्न भएको छ।

 

३ जना अन्तरिक्षयात्रुले मोड्यूलबाट निस्केको अवधिमा मङ थेन मोड्यूल बाहिरमा सम्बद्ध यन्त्र जडान गर्ने लगायतका विविध कार्यभारलाई सुचारू र सफलताका साथ सिध्याएका छन्। जुन चीनको अन्तरिक्ष स्टेशन सम्पूर्ण रूपमा निर्माण भएपछि अन्तरिक्षयात्रुले मोड्यूलबाट निस्केर गतिबिधि चलाएको यो पहिलो पटक हो। पछिका समयमा अन्तरिक्षयात्रु समूहले धेरैपटक मोड्यूलबाट निस्केर सम्बद्ध गतिबिधि चलाउने योजना रहेको छ।