धेरै चिनियाँ उद्धार टोली टर्कीमा उद्धार कार्यमा सहभागी
2023-02-10 18:52:56cri
Share with:

टर्कीमा विध्वम्शकारी भूकम्प गएपछि चिनियाँ उद्धार टोली र चीनमा रहेका धेरै सामाजिक आपतकालीन टोलीहरू उद्धार कार्यका लागि तुरुन्तै टर्कीतर्फ प्रस्थान गरेका छन्।

 

चिनियाँ उद्धार टोली र चिनियाँ कोङयाङ नामक उद्धार टोली दक्षिण टर्कीको हाते क्षेत्रमा अवस्थित छन् साथै कोङयाङ नामक उद्धार टोलीले हाते प्रान्तको इस्केन्डरुन शहरमा उद्धार कार्य सञ्चालन गर्दै आएको छ। चिनियाँ निलो आकाश नामक उद्धार टोलीले यस पटक कडा प्रकोप परेको मालत्यामा खोजी र उद्धार कार्य गरिरहेको छ।

 

यसबाहेक, चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको खोज तथा उद्धार टोली उद्धार कार्य गर्न स्थानीय समयका अनुसार फेब्रुअरी १० तारिख बिहान सवेरै ४ बजे टर्कीको हाते प्रान्त पुग्यो।

 

हालसम्म चिनियाँ उद्धार टोलीले टर्कीको दक्षिणी हाते क्षेत्रमा फसेका तीन जनाको सफलताका साथ उद्धार गरेको छ ।