चिनियाँ सहयोगमा निर्मित पोखरा विमानस्थल भित्रको ह्याङ्गर ५ वर्षका लागि भाडामा दिइने
2023-02-10 16:41:33cri
Share with:

 

चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र निर्माण भएको ह्याङ्गर (वायुयान मर्मतमा प्रयोग हुने भवन) ५ वर्षका लागि भाडामा लगाइने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ह्याङ्गर भाडामा दिने सम्बन्धमा बोलपत्र आह्वान गरेको छ। ह्याङ्गर भवनको न्यूनतम ठेक्का रकम ११ करोड ४१ लाख ७४ हजार तोकिएको प्राधिरकणले जनाएको अनलाइन खबरले लेखेको छ।

दोस्रो आर्थिक वर्षदेखिको भाडा रकम नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यवृद्धि सूचकांकको अनुपातमा स्वतः वृद्धि हुने शर्त समेत राखिएको छ। प्राधिकरणलाई बुझाउन बाँकी बक्यौता रहेका कम्पनीले बोलपत्रमा सहभागी हुने पाउने छैनन्। विमानस्थल भित्र ह्याङ्गर महत्वपूर्ण संरचना मानिन्छ। यो आयोजनाकै एक अंश हो।

चिनियाँ ऋण र सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत जनवरी १ तारिखदेखि सञ्चालनमा आएको छ। यो विमानस्थलको सञ्चालनले पोखरा क्षेत्रसँगै नेपालको पर्यटन क्षेत्रले काँचुली फेर्ने आशा गरिएको छ।