उत्तर स्ट्रिम पाइपलाइन काण्ड सम्बन्धी ३ वटा शंकास्पद प्रश्नबारे अमेरिकाले सदिच्छापूर्वक जवाफ दिनुपर्ने
2023-02-11 17:24:05cri
Share with:

 

अमेरिकी नामी छानबीन पत्रकार सिएमोर हर्शले हाल श्रोतको भनाइ उद्धृत गर्दै एउटा लेख प्रकाशित गरेका छन्, जसमा बाइडेन सरकारले योजना बनाउँदै रूसले युरोपतर्फ प्राकृतिक ग्याँस ढुवानी गर्ने उत्तर स्टिम पाइपलाइनलाई बमद्वारा ध्वस्त पारेको दाबी गरेका छन्। तर अमेरिकी ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा समिति, सीआईए र अमेरिकी विदेश मन्त्रालय लगायतका धेरै विभागले त्यस दाबीलाई अस्वीकार गर्दै पत्रकार हर्शको रिपोर्ट निराधार र झुट रहेको बताएका छन्। यसका अतिरिक्त सधैं नै ध्यानाकर्षक समाचारप्रति ध्यान दिइरहेका पश्चिमा जगतका मुख्य मिडिया संस्थाहरू भने मोटामोटी रूपमा चुप लागेर बसेका छन्।

 

अमेरिकी सरकारको यस्तो अचम्मको अवधारणाबाट यो काण्डसम्बन्धी ३ वटा शंकास्पद विषय पनि सतहमा आएका छन्। पहिलो, शुरूमा अमेरिका र पश्चिमा जगतले काण्डको छानबीन गर्न माग भएको थियो। तर पछि कुनै पनि वास्तविक कदम चालिएको छैन। कारण के हो? दोस्रो, अमेरिका र युरोपेली राजनीतिज्ञले सार्वजनिक गरेका शंकास्पद धारणामा के कस्तो नियत लुकाइएको छ? र तेस्रो, सधैं नै ध्यानाकर्षक समाचारप्रति ध्यान दिने पश्चिमा जगतका मुख्य मिडिया संस्थाहरू पत्रकार हर्शको रिपोर्ट खुला भएपछि किन पूराका पूरै चुप लागेर बसेका छन्?

 

उत्तर स्ट्रिम पाइपलाइन देश पार गरिने महत्वपूर्ण आधारभूत प्रबन्ध भएकाले त्यसलाई ध्वस्त पार्ने कालो हातलाई दण्डित गरिनुपर्छ। अमेरिकाले सम्बद्ध विभिन्न पक्षहरूको संयुक्त छानबीनलाई सहयोग गर्दै अन्तर्राष्ट्रिय समाजबाट उठाइएका शंकास्पद प्रश्नको सदिच्छापूर्वक जवाफ दिनुपर्छ।