चा नियान संगीतिक वाद्य यन्त्रद्वारा ग्रामीण क्षेत्रको पुनरूत्थान
2023-02-11 19:01:21cri
Share with:

चा नियान संगीतिक वाद्य यन्त्रद्वारा ग्रामीण क्षेत्रको पुनरूत्थान   चा नियान सांगीतिक वाद्य यन्त्र तिब्बती गायन र नाचमा सामान्यरूपमा प्रयोग हुने एउटा तार यन्त्र हो। तिब्बती भाषामा यसको अर्थ “सुमधुर आवाज” भन्ने हुन्छ। चीनको तिब्बत स्वायत्त प्रदेशका नगरिकहरूले चा नियान तार यन्त्रलाई गहिरो रुपमा मन पराउँछन्। सन् २०१४ मा चा नियान तार यन्त्र उत्पादन कौशल राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको सूचि अन्तर्गत चौथो ब्याचमा छनौट गरिएको थियो।