तुन ह्वाङका संरक्षक
2023-02-11 17:10:50CRI
Share with:

चीनको उत्तर पश्चिमी भाग अवस्थित तुन ह्वाङ प्राचीन रेशमी मार्गमा रहेको एक महत्वपूर्ण मुकाम हुनुका साथै विश्वका ४ वटा बृहत् सभ्यता जोडिएको ठाउँ पनि हो। त्यहाँ एउटा प्रसिद्ध विश्व सांस्कृतिक सम्पदा अर्थात् मोकाउ ढुङ्गे गुफा अवस्थित छ। चौथो शताब्दीदेखि यता विभिन्न पुस्ताका कलाकारहरूले हजारौं वर्षको समय लगाएर त्यहाँ बौद्ध मूर्ति बनाएका थिए भने भित्ते चित्र कोरेपछि मोकाउ गुफा क्रमश: बौद्ध धर्मको ढुङ्गे गुफा कलात्मक भण्डारको रूपमा बनेको देखिन्छ।

 

त्यस्तो मूल्यवान सांस्कृतिक सम्पदाको संरक्षणका लागि अधिकांश मानिसहरूले अघिपछि गरी त्यहाँ गएर मेहनतसँग काम गर्दै आएका छन्। हान वै मङ नामका पुरूषले विश्वविद्यालयबाट स्नातक भएपछि तुन ह्वाङ अनुसन्धान प्रतिष्ठान अन्तर्गत कला कार्यालयमा काम गर्दै आउनुभएको छ। हालसम्म लगभग २० वर्ष बितिसकेको छ। निकट भविष्यमा ढुङ्गे गुफाको साँचो स्वरूपलाई विश्वका सर्वसाधारणसमक्ष देखाउने भन्ने हान वै मङ तथा उहाँको टोलीका सबै सदस्यहरूको साझा अभिलाषा रहेको छ।