अमेरिकाले विश्वसमक्ष जिम्मेवार जवाफ दिनुपर्ने चीनको परराष्ट्र मन्त्रालयको माग
2023-02-12 17:14:37cri
Share with:

हालै एकजना अमेरिकी पत्रकारले युरोपतर्फ प्राकृतिक ग्यास ढुवानी गरिने उत्तर स्ट्रिम पाइपलाइनलाई अमेरिकी जासुसी विभाग र अमेरिकी सैन्य पक्षका व्यक्तिले गोप्य रूपमा बमद्वारा ध्वस्त पारेको खबरलाई चुहाएका छन्। यस विषयबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले फेब्रुअरी १० तारिख आयोजित पत्रकार सम्मेलनमा अमेरिकाले विश्वसमक्ष जिम्मेवार जवाफ दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

 

प्रवक्ता माउ निङका अनुसार, उत्तर स्ट्रिम पाइपलाइन देश पार गर्ने महत्वपूर्ण आधारभूत प्रबन्ध भएकाले त्यसलाई बमद्वारा ध्वस्त पारिएको काण्डले विश्व उर्जा बजार र वैश्विक पर्यावरणीय वातावरणमाथि निकै खराब असर पार्ने छ।

 

तैपनि सधैँ नै स्वतन्त्र, पेशागत र निष्पक्ष नारा फलाकेर अमेरिकी सञ्चार माध्यमहरूले त्यस काण्ड सम्बन्धी छानबीन कार्यबारे चुप लागेर बसेको कुरा पनि प्रवक्ता माउ निङले औंल्याउनुभएको छ।