चीनद्वारा ब्रिक्स भावना बमोजिम ब्रिक्स मुलुक थपिने प्रकिया प्रबर्द्धन
2023-02-12 17:15:31cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले फेब्रुअरी १० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा ब्रिक्स मुलुकमा सदस्य थपिने विषयबारे चीनको अडानलाई स्पष्ट पार्नुभएको छ।

 

प्रवक्ता माउ निङका अनुसार, ब्रिक्स मुलुकका नेतागणको १४ औं भेटवार्तामा जारी गरिएको पैचिङ घोषणा पत्रमा स्पष्टसँग लेखिएको छ कि विचार विमर्शमार्फत ब्रिक्स मुलुकका सदस्य थपिने प्रक्रियालाई अघि बढाइने छ। चीनले सधैँ नै खुलस्त, सहिष्णु, सहयोगी र साझा जीत हुने ब्रिक्स भावनाको अक्षरश: पालना गर्दै अन्य ब्रिक्स साझेदारसँगै मिलेर अरू उदियमान बजार मुलुक र विकासोन्मुख मुलुकसँगको सहकार्यलाई सबल पारी विस्तृत छलफल गर्ने र मतैक्य प्राप्त गर्ने आधारमा सँगसँगै ब्रिक्स मुलुकका सदस्य थपिने प्रक्रियालाई अघि बढाउँदै जाने कुरामा पनि प्रवक्ता माउ निङले जोड दिनुभएको छ।