जर्मनीको बर्लिनमा पहिलो महिला नेता प्रभाव शिखर सम्मेलन
2023-02-12 17:00:42cri
Share with:

 

स्थानीय समयका अनुसार, फेब्रुअरी १० तारिख पहिलो महिला नेता प्रभाव शिखर सम्मेलन जर्मनीको बर्लिनमा आयोजित भएको छ। जर्मनीका विभिन्न उद्योग व्यवसायहरूका लगभग १२० जना उत्कृष्ट महिला भेला भएर अर्थशास्त्र, कृत्रिम बुद्धिमत्ता र सामाजिक प्रभाव लगायतका अरू धेरै वर्तमान तातो विषयहरूमा छलफल गरेका छन्।

 

जर्मन संघीय अर्थमन्त्री लिन्डनरले सोही दिन आयोजित महिला नेता प्रभाव शिखर सम्मेलनमा एक सम्बोधन दिनुभएको छ। सो कार्यक्रमको प्रारम्भकर्ता र आयोजकको रूपमा चिनियाँ महिला व्यवसायी एवम् जर्मन-चिनियाँ सांस्कृतिक आदानप्रदान कोषका अध्यक्ष चाङ युले चाइना मिडिया ग्रुपसँगको विशेष अन्तर्वार्ता दिँदै जर्मनीले महिला नेताको प्रभाव शिखर सम्मेलनको आयोजना गरेको यो पहिलो पटक भएको कुरा बताउनुभयो। भविष्यमा धेरैभन्दा धेरै चिनियाँ महिलाहरू अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय हुनसक्ने, आफ्ना बलियो आवाज सुनाउनसक्ने, आकर्षण देखाउने र चीनको सक्रिय अन्तर्राष्ट्रिय छविमा सहयोग दिनसक्ने विश्वास उहाँले लिनुभएको छ।