सन् २०२३ विश्व सरकार शिखर सम्मेलन दुबईमा शुरू
2023-02-13 15:06:04cri
Share with:

फेब्रुअरी १३ तारिख सन् २०२३ विश्व सरकार शिखर सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा शुरू भएको छ। यो शिखर सम्मेलन तीन दिनसम्म चल्ने छ। २० वटाभन्दा बढी मुलुकका नेताहरू, १५० वटाभन्दा बढी मुलुकका प्रतिनिधिहरू, २५० जनाभन्दा बढी सरकारी अधिकारी र व्यापारीहरू उक्त सम्मेलनमा सहभागी भएका छन्।

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मदबिन जायद अल नाहयानले उक्त शिखर सम्मेलनअघि संयुक्त अरब इमिरेट्सले विश्वको विभिन्न मुलुकको सरकारसँग सहकार्य गर्दैआएको तथा अन्तर्राष्ट्रिय मामिलामा संलग्न भएको जानकारी दिँदै विभिन्न मुलुकसँग मिलेर विभिन्न चुनौतीको संयुक्त रुपमा सामना गर्ने र मानव समाजको सुन्दर भविष्यका लागि योगदान दिने बताउनुभयो।

संयुक्त अरब इमिरेट्सका उप राष्ट्रपति, प्रधानमन्त्री एवम् दुबईका प्रमुख शैख मोहाम्मदबिन शाहिद अल माक्तौमले सन् २०१३ मा विश्व सरकार शिखर सम्मेलन पहिलो पटक आयोजना भएयता विभिन्न मुलुककालागि सुन्दर भविष्यको सिर्जना गर्ने नमूना बनेको बताउनुभयो।