चिनियाँ रेडक्रसबाट सिरियाका लागि दोस्रो चरणको मानवीय सहायता साम्रगी
2023-02-13 15:23:51CRI
Share with:

चिनियाँ रेडक्रसले सिरियाली भूकम्पग्रस्त क्षेत्रका लागि दिएको दोस्रो चरणको मानवीय सहायता साम्रगी १३ तारिख बिहान पैचिङबाट पठाइएको छ। यी सामग्रीमा पाल, लुगाफाटालगायत दैनिक जीवनमा आवश्यकता रहेका वस्तु तथा प्रकोपग्रस्त क्षेत्रमा आवश्यक औषधिलगायत चिकित्सा सामग्री छन्। यी सामग्री कम्तीमा १० हजार प्रकोप पीडितलाई सहयोग पुग्ने जनाइएको छ। 

यसअघि चिनियाँ रेडक्रसले सिरियाका लागि दिएको पहिलो चरणको चिकित्सा सामग्री सुचारू रूपमा प्रकोप ग्रस्त क्षेत्रमा पठाइसकेको छ।