पाकिस्तानकी विद्यार्थी मिङ युएद्वारा चीन पाकिस्तान मित्रताको अनुभव-२
2023-02-13 09:59:24CRI
Share with:

मिङ युए सी नान विश्वविद्यालय र छोङ छिङ शहरलाई धेरै मन पराउँछिन्। उनले चीनका अरु बढी शहर घुमेर चीनको सुन्दरता तथा विकासको अनुभव गर्ने इच्छा लिएकी छिन्। 

चीनका शहरहरु निकै राम्रा छन्। धेरै सफा छन् र राम्रोसँग विकास भएका छन्। चिनियाँहरुले मिहिनेतसँग काम गर्छन्। चीनको यही कुरा मेरो मनमा गहिरो छाप परेको छ। 

यसका साथै मिङ युएले चीन र पाकिस्तान बीचको गहिरो मित्रताको अनुभव गरेकी छिन्।

चिनियाँहरुले मलाई राम्रो व्यवहार गरेकोमा म धेरै प्रभावित छु। चिनियाँहरु पाकिस्तानलाई पा थे भन्छन्। पा थेको अर्थ पाकिस्तान फलाम जस्तै चीनको भरपर्दो साथी हो। म जहाँ गएँ पनि चिनियाँहरुले मलाई “तपाईँ कुन देशका मान्छे हुनुहुन्छ” सोध्ने गर्दछन्। मैले म पाकिस्तानी हुँ भन्ने जवाफ दिएपछि उनीहरुले “हामी पा थे हौँ” भन्छन्। चिनियाँहरुले हामी पाकिस्तानीहरुलाई धेरै मन पराउँछन्। चीन आएपछि यो कुराले पनि मेरो मनमा गहिरो छाप पारेको छ। 

फुर्सदमा मिङ युए भिडियो बनाउन मन पराउँछिन्। सी नान विश्वविद्यालयमा अध्ययन गरेपछि उनले छोङ छिङ शहरको प्रचलन र रीतिरिवाज, आफ्नो पढाई र जीवनको अवस्था र चीनको यात्राको रोचक क्षणलाई विदेशी सामाजिक सञ्चार माध्यममा राख्ने गरेकी छिन्।

मेरो भिडियो पाकिस्तानका साथीहरुका लागि उपयोगी हुन सक्ने आशा मैले राखेकी छु। उनीहरुले चीनमा आएर चिनियाँ भाषा पढ्ने, शानदार चीनको अनुभव गर्ने र चीनको बसाइको अनुभव प्राप्त गर्ने अपेक्षा मैले गरेकी छु। 

चीन र पाकिस्तानका युवा-युवतीहरु बीच आपसी जानकारीलाई गहन पार्नसक्ने र दुई देश बीचको सम्बन्ध अरु राम्रो हुनसक्ने आशा राखेकी छिन्। 

पाकिस्तानीहरुले “समुद्रभन्दा गहिरो” , “पहाडभन्दा अग्लो र महभन्दा गुलियो” शब्दावलीबाट चीन र पाकिस्तान बीचको मित्रताबारे बयान गर्छन्। पाकिस्तानले जे जस्तो कठिनाई भेटे तापनि चीनले समयमै त्यसलाई सघाउ पुर्‍याउँदैआएको छ। जन गणतन्त्र चीनको स्थापना हुँदा त्यसलाई सबैभन्दा चाँडै मान्यता दिएका मुलुकहरुमध्ये पाकिस्तान एक मुलुक थियो। हामी बीच कठिन अवस्थाको सामना गर्दा एकले अर्कालाई सक्दो सघाउ पुर्‍याउँदै आएको छ। दुई मुलुक बीचको मित्रता बलियो रूपमा कायम हुने मेरो आशा छ। चीन-पाकिस्तान मित्रता अमर रहोस्।

चीनमा स्नातकोत्तर डिग्री प्राप्त गरेपछि निरन्तर रुपमा डाक्टर डिग्री पढ्ने मिङ युएको आशा छ। त्यसपछि पाकिस्तान फर्किएर उनले चिनियाँ भाषा सिकाउने एक शिक्षिका बनेर अरु बढी पाकिस्तानीहरुलाई चिनियाँ कथा सुनाउन चाहेकी छिन्।