चिनियाँ परराष्ट्र मन्त्री छिन काङ्द्वारा थाइ समकक्षीसँग भेटवार्ता
2023-02-13 16:21:19CRI
Share with:

फेब्रुअरी १३ तारिख चिनियाँ परराष्ट्र मन्त्री छिन काङले चीनको भ्रमणमा रहनुभएका थाइल्याण्डका उपप्रधान तथा परराष्ट्रमन्त्री डोन प्रमुद्विनाइसँग भेटवार्ता गर्नुभएको छ। चीनले राष्ट्राध्यक्ष सी चिनफिङको थाइल्याण्ड भ्रमणका महत्वपूर्ण उपलब्धिलाई व्यवहारमा उतार्न र सहयोगात्मक विकासका अवसर सिर्जनाका लागि थाइल्याण्डसँग प्रयास गर्दै जाने इच्छा लिएको कुरा मन्त्री काङले राख्नुभएको छ।

 

प्रत्युत्तरमा थाइल्याण्डका उपप्रधान तथा परराष्ट्रमन्त्री डोनले गत वर्ष सी चिनफिङको थाइल्याण्ड भ्रमणका श्रृँखलावद्ध महत्वपूर्ण सहमति हासिल भएको बताउँदै त्यसलाई कार्यान्वयन गर्न दुवै मुलुकले मिलेर काम गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, थाइल्यान्डले चीनसँगको सम्बन्धलाई कदर गर्छ, एक चीन नीतिलाई दृढतापूर्वक पालन गर्छ, विश्वव्यापी विकास पहलहरू र विश्वव्यापी सुरक्षा पहलहरूलाई समर्थन गर्दछ।

भेटवार्तामा उहाँले थाइल्याण्ड र चीनले सबै तहमा आदानप्रदान कायम गर्दै  विभिन्न क्षेत्रमा सक्रिय रूपमा सहयोग प्रवर्द्धन गर्ने आशा प्रकट गर्नुभयो।