सन् 2023 ग्रामीण पुनरुत्थानलाई व्यापक रूपमा प्रवर्द्धन गर्नुपर्ने मुख्य कार्यहरू
2023-02-13 18:53:56CRI
Share with:

21औं शताब्दीदेखि कृषि व्यवसाय, ग्रामीण क्षेत्र र कृषकअर्थात्तीन ग्रामीणकामलाई निर्देशन गर्ने चीनको 20औं नम्बर १ दस्तावेज १३ तारिख सार्वजनिक भएको छ।  यस दस्तावेजको शीर्षक भनेको "चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषदद्वारा सन्२०२३ ग्रामीण पुनरुत्थानको मुख्य कार्यको प्रवर्द्धन गर्ने राय" हो। यस दस्तावेजमा गरिबी निवारण, ग्रामीण उद्योगको उच्च गुणस्तरीय विकासको प्रवर्द्धन, किसानको आम्दानी वृद्धि र समृद्धिको फराकिलो माध्यम, सुन्दर ग्रामीण क्षेत्रको निर्माणलाई ठोस रूपमा प्रवर्द्धन आदि ९ वटा मुख्य विषय समेटिएका छन्

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको ग्रामीण कार्य निर्देशन टोली कार्यालयका जिम्मेवार व्यक्तिका अनुसार कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको भावनालाई पूर्ण रूपमा कार्यान्वयन गर्दै महासचिव सी चिनफिङका अनुसार  तीन ग्रामीणसम्बन्धी महत्वपूर्ण धारणालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ। सन्2023 मा निर्धारित लक्ष्य र कार्यहरू पूरा गर्न, ग्रामीण पुनरुत्थानको व्यापक प्रवर्द्धन र नयाँ प्रगति गर्न, र बलियो कृषिप्रधान मुलुकको निर्माणले राम्रो सुरुवात सिर्जना गर्नुपर्छ।