चिनियाँ सँगसँगै लाइनमा #नेपालीकोआँखामाचीन
2023-02-13 09:55:04CRI
Share with:

विशाल चीनको जनसङ्ख्या पनि विश्वको अग्र स्थानमा रहेको ज्ञातै छ। यसरी धेरै मानिसको बसोबास भएपछि सार्वजनिक स्थल, यातायातको क्रममा र विभिन्न सेवा तथा वस्तुको खरीद जुनसुकै समयमा पनि भीड हुनसक्छ। यद्यपि विशाल चीनको राजधानी सहर बेइजिङमा मानिसको बाक्लो उपस्थिति देखिन्छ तर भीडभाड र कोलाहल देखिएको छैन। व्यवस्थित र अनुशासित ढंगले सबै काम फत्ते गरिरहेको देख्न पाइन्छ। अनुशासनको पालना गर्दै धीरतापूर्वक लाइनमा बसेको देख्न पाइन्छ। विशेषतः साँझको समयमा रेस्टुराँको बाहिर यस्तो लाइन देख्न सकिन्छ साथै सधैँभरि चिया र केक पसलमा पनि ताजा ताजा केककालागि ग्राहकहरूको लाइन हुने गर्दछ।

 

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/