चिनियाँ कम्पनीलाई ३१ करोड थान नेपाली नोट छाप्ने ठेक्का
2023-02-14 15:49:04CRI
Share with:

चिनियाँ कम्पनीले ३१ करोड वटा नेपाली नोट छाप्ने ठेक्का पारेको छ।

 

नेपाल राष्ट्र बैंकका अनुसार चिनियाँ कम्पनी एम एस चाइना ब्यान्कनोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनले २० रुपैयाँ दरका नोट उक्त संख्यामा छाप्ने ठेक्का पाएको नेपालखबर अनलाइनले जनाएको छ।

 

चिनियाँ कम्पनीले ती नोट छाप्न ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलरमा बोलपत्र हालेको थियो।

 

उक्त बोलपत्र नै कम मूल्यको भएकोले राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई नोट छाप्ने ठेक्का दिएको हो।