सी चिनफिङद्वारा इरानका राष्ट्रपतिसँग भेटवार्ता
2023-02-14 19:54:24CRI
Share with:

फेब्रुअरी १४ तारिख दिउँसो, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका इरानका राष्ट्रपति एब्राहिम राइसीसँग भेटवार्ता गर्नुभएको छ।

 

चीनले रणनीतिक उचाइबाट चीन-इरान सम्बन्धको विकास गर्ने भन्दै राष्ट्राध्यक्ष सीले चीनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्थिति जसरी परिवर्तन भएपनि इरानसँगको मैत्रीपूर्ण सहयोगको दृढताका साथ अघि बढाउने र चीन-इरान व्यापक रणनीतिक साझेदारी सम्बन्धला नयाँ उचाइमा पुर्याउने धारणा व्यक्त गर्नुभयो। सी चिनफिङले राष्ट्रिय सार्वभमिकता र स्वतन्त्रता, भगोलिक अक्षुण्णता, राष्ट्रिय गरिमा संरक्षण गर्न चीनले इरानला समर्थन गर्नुका साथै बाह्य शक्तिले इरानको न्तरिक मामिलामा हुने हस्तक्षेपको विरोध गरेको दोहोर्याउनुभयो।

 

त्यसक्रममा राइसीले चीनले राष्ट्रिय सार्वभमिकता र भौगोलिक अक्षुण्णताको संरक्षण गर्ने कुराप्रति सराहना गर्दै इरानले चीनसँग अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे अरू सम्पर्क गर्ने इच्छा लिएको उल्लेख गर्नुभयो।