सन् २०२३ बेल्ट एण्ड रोड मिडिया समुदाय शिखर मञ्च पैचिङमा
2023-02-14 19:58:44CRI
Share with:

फेब्रुअरी १४ तारिख चाइना मिडिया ग्रुपद्वारा योजित सन् २०२३ बेल्ट एण्ड रोड मिडिया समुदाय शिखर मञ्च पैचिङमा सुरू भयो। ३३ वटा मुलुक तथा क्षेत्रका ५४ वटा मुलधारका मिडियाका १२० भन्दा बढी प्रतिनिधिले अनलाइन-अफलाइनमार्फत् मञ्चमा संलग्न भएका छन्।

 

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्युङले भाषण दिँदै सन् २०२३ राष्ट्रध्यक्ष सी चिनफिङले बेल्ट एण्ड रोड उठाउनुभएको दशँ वार्षिकोत्सव हो भने बेल्ट एण्ड रोड उच्चस्तरीय संयुक्त रचना गर्नु नै अन्तर्राष्ट्रिय सहयोगको प्रभावकारी मञ्च र मानव भाग्य समुदायको रचना गर्ने महत्वपूर्ण उपाय बनिसकेको कुरा व्यक्त गर्नुभयो। हाल विश्वमा ठूलो परिवर्तन देखिएसँगै विभिन्न मुलुकका मिडियाले संयुक्त परामर्श, रचना र शेयर गर्ने बेल्ट एण्ड रोडको भावनाको धारमा मिडिया जिम्मेवारीला सक्रिय रूपमा लिएर मानव भाग्य समुदायको रचना गर्नुपर्ने उहाँले दोहोर्याउनुभयो।

 

नेपाली कार्यक्रम “म्वाकेगु—जीवन्त राख्ने” लगायत पाँच वटा कार्यक्रम “गोल्डेन रिबन—प्रभावशाली सिल्क रोड” उत्कृष्ट प्रस्तावना मूल्याङ्कन अभियानको नतिजा सूचिमा राखिएका छन्।