चिनियाँ राज्य परिषदद्वारा चीन-फिलिपिन्स आर्थिक तथा व्यापारिक नव सिर्जना विकास नमूना क्षेत्रको स्थापनाको स्वीकार
2023-02-14 09:51:07CRI
Share with:

चिनियाँ राज्य परिषदले हालसालै चीन-फिलिपिन्स आर्थिक तथा व्यापारिक नव सिर्जना विकास नमूना क्षेत्रको स्थापनालाई पारीत गर्नुका साथै क्षेत्रको समग्र निर्माण योजनाको स्वीकार पनि गरेको छ। 

समग्र योजनाले चार क्षेत्रमा १६ कार्यभार प्रस्तुत गरेको छ। त्यसमा स्रोत आपूर्ति गर्ने व्यापार तथा लगानी क्षेत्रको निर्माण, पेट्रोल तथा रासायनिक व्यवसायको सहयोग केन्द्रको निर्माण, पंक्षी तथा पशुको आयात तथा संसोधित व्यवसाय क्षेत्रको निर्माण, आधुनिक कृषि क्षेत्रको निर्माण, नवीकरण विकास गर्ने सेवा व्यापार मञ्चको निर्माण, सिमापार इ-वाणिज्य केन्द्रको निर्माण समेटिएका छन्। 

वाणिज्य मन्त्रालयले फूच्यान प्रान्तलाई उक्त योजनाको कार्यन्वयनमा समर्थन दिने चिनियाँ वाणिज्य मन्त्रालयका जिम्मेवार व्यक्तिले बताएका छन्।