चिनियाँ रेडक्रसले सिरियालाई चन्दास्वरुप दिएको दोस्रो खेपको सामग्री दमास्कसमा
2023-02-14 09:47:38cri
Share with:

फेब्रुअरी १३ तारिख चिनियाँ रेडक्रसले सिरियाको भूकम्प पीडितलाई उपलब्ध गराएको दोस्रो खेपको मानवीय सहायता सामग्री सिरियाको राजधानी दमास्कसमा पुगेको छ। सिरिया पुगेको चिनियाँ रेडक्रसको उद्धार टोलीका निर्देशक को याङले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई अन्तर्वार्ता दिँदै दोस्रो खेपको सहायता सामग्रीमा पाल, लुगा कपडाआदि दैनिक जीवनका लागि आवश्यक सामग्री र प्रकोपग्रस्त क्षेत्रमा तत्काल आवश्यक औषधी रहेको बताउनुभएको छ। यी सहायता सामग्री दुई दिनभित्र प्रकोपग्रस्त क्षेत्रमा पठाइने र यसबाट प्रकोपग्रस्त क्षेत्रका करीब १० हजार सर्वसाधारण लाभान्वित हुने पनि बताउनुभयो।

चिनियाँ रेडक्रसले सिरियालाई चन्दास्वरुप दिएको पहिलो खेपको मानवीय सहायता समाग्री फेब्रुअरी १० तारिख सुचारु रुपमा हस्तान्तरण गरिएको थियो। औषधीलगायतका सामग्रीबाट स्थानीय ५ हजार मानिस लाभान्वित भएका छन्।