चिनियाँ विदेशी सहायता चिकित्सा टोलीलाई विश्वव्यापी: चिनियाँ परराष्ट्र मन्त्रालय
2023-02-14 18:36:40CRI
Share with:

फेब्रुअरी १४ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले हालै राष्ट्राध्यक्ष सी चिनफिङले अफ्रिकाको सहयोगार्थ खटिएको चिनियाँ चिकित्सा टोलीका सदस्यहरूलाई जवाफी पत्र पठाएको बारे जिज्ञासा राखेका छन्। सीले चिनियाँ वैदेशिक सहायता चिकित्सा टोलीका सदस्यहरूलाई हार्दिक अभिवादन गर्नुभएको थियो। यो वर्ष चीनको वैदेशिक सहायता चिकित्सा टोलीको ६० औँ वार्षिकोत्सव हो। प्रवक्ताले चीनको वैदेशिक सहायता चिकित्सा कार्यको उपलब्धि कस्तो छ र यसले विश्वका लागि के भावार्थ सिर्जना गर्दछ भन्नेबारे टिप्पणी गरेका छन्।

 

परराष्ट्र प्रवक्ता वाङ वनपिनका अनुसार वैदेशिक सहायता चिकित्सा उपचार चीनको वैदेशिक सहायता कार्यको एक महत्वपूर्ण भाग हो। सन् १९६३ मा चीनले अल्जेरियामा पहिलो वैदेशिक सहायता चिकित्सा टोली पठाएदेखि हालसम्म चीनले ७६ देश र क्षेत्रहरूमा कुल ३० हजार चिकित्सकहरु पठाएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले उक्त जवाफी पत्रमा जोड दिनुभएअनुसार चिनियाँ जनताले शान्ति र जीवनको कदर गर्दछन्। चिनियाँ वैदेशिक सहायता चिकित्सा टोलीले व्यावहारिक कार्यहरू, मानव जातिको शान्ति र विकासको महान कार्यलाई प्रवर्द्धन गर्न योगदान पुर्‍याएको छ र अन्तर्राष्ट्रिय समुदायबाट व्यापक प्रशंसा प्राप्त गरेको छ। भविष्यमा, चीनले विदेशी सहायता चिकित्सा उपचार, देशहरूबीच स्वास्थ्य पुलको निर्माण र विश्वभरका मानिसहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धनमा ठूलो योगदान दिने जस्ता अन्तर्राष्ट्रिय स्वास्थ्य सहयोगलाई सक्रिय रूपमा जारी राख्ने छ।