सन् २०२२ मा गरिबीमुक्त क्षेत्रका किसानको प्रतिव्यक्ति आम्दानी १५ हजार १११ चिनियाँ युआन
2023-02-14 11:18:14cri
Share with:

फेब्रुअरी १४ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सन् २०२३ मा ग्रामीण क्षेत्रको पुनरुत्थानलाई चौतर्फी रुपमा अगाडि बढाउने कार्यबारे जानकारी दिइएको छ।

चिनियाँ राष्ट्रिय ग्रामीण पुनरुत्थान ब्यूरोका निर्देशक लिउ व्हानसिनले सन् २०२२ मा विभिन्न क्षेत्रको साझा प्रयासमा गरिबी मुक्ति उपलब्धि सुदृढ पारिएको बताउनुभयो। उहाँले सन् २०२२ मा गरिबीबाट मुक्त भएका क्षेत्रहरूमा गरिबी पुनःफर्केको अवस्था नभएको तथा रोजगार अवस्था पनि स्थिर रहेको बताउनुभयो।

साथै उहाँले सन् २०२२ मा गरिबीबाट मुक्त भएका क्षेत्रहरूका किसानको प्रति व्यक्तिको आम्दानी १५ हजार १ सय ११ चिनियाँ युआन पुगेको र यो सन् २०२१ को तुलनामा ७.५ प्रतिशतले वृद्धि भएको पनि जानकारी दिनुभएको छ।