चिनियाँ उद्धार टोलीद्वारा टर्कीमा विभिन्न तरिकाले उद्धार कार्य जारी
2023-02-14 18:35:37CRI
Share with:

स्थानीय समय अनुसार फेब्रुअरी १३ तारिख टर्कीमा भूकम्प खोजी र उद्धार गरिरहेको चिनियाँ उद्धार टोलीले रातको मौनता, जाल हानेर र कुकुरको परिचालन लगायतका विविध तरिकाले १७ वटा भवनको खोजी र मूल्याङ्कन गरेको छ। हालसम्म चिनियाँ उद्धार टोलीले ६ जनाको ज्यान बचाएको छ।  ८ जना भूकम्प पीडितला फेला पारेको भने ७० वटा भवनको जाँचबुझ गरेको छ । चीनको हङकङको उद्धार टोलीले बाँचेका ४ जनाको उद्धार गरेको छ।

 

 

उद्धार टोलीले चिकित्सा निरीक्षणलाई पनि बढाउँदै उद्धार स्थलमा चिकित्सा सुरक्षालाई सुदृढ बनाएको छ र टोलीका सदस्यहरूलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने कार्यला जारी राखेको छ। यसबाहेक हाल 17 चिनियाँ सामाजिक आपतकालीन बलहरूका 440 भन्दा बढी व्यक्तिहरूले पनि टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य जारी राखेका छन्।