“शान्ति-२०२३” बहु मुलुकहरूको समुद्री संयुक्त अभ्यास सम्पन्न
2023-02-15 14:44:17cri
Share with:

फेब्रुअरी १४ तारिख पाकिस्तानी नौ सेनाद्वारा आयोजित “शान्ति-२०२३” बहु मुलुकहरूको समुद्री संयुक्त अभ्यासले उत्तरी अरब सागरमा अन्तर्राष्ट्रिय नौ सेनाको परेडको आयोजना गरेको छ। अभ्यास सम्पन्न भएपछि पाकिस्तानी नौ सेनाका चीफ अफ स्टाफ अमजद नियाजीले चाइना मिडिया ग्रुपका पत्रकारलाई अन्तर्वार्ता दिँदै उक्त अभ्यासमा सहभागी चिनियाँ नौ सेनाप्रति कृतज्ञता ज्ञापन गर्नुका साथै प्रशंसा गर्नुभएको छ।

पाकिस्तानी प्रधानमन्त्री मुहम्मद शाहबाज शरिफले पाकिस्तानी नौ सेनाले उक्त अभ्यास सफलताका साथ आयोजना गरेकोमा प्रशंसा गर्नुका साथै अभ्यासमा सहभागी विभिन्न मुलुकको नौ सेनाले समुद्री सुरक्षाको संरक्षण गर्ने र शान्तिपूर्ण सहअस्तित्वको इच्छा देखाएकोमा कृतज्ञता व्यक्त गर्नुभयो।

पाकिस्तानी नौ सेनाका चीफ अफ स्टाफ अमजद नियाजीले चीन र पाकिस्तान यी दुवै मुलुकजस्तै चिनियाँ जन मुक्ति सेनाको नौ सेना र पाकिस्तानी नौ सेनाबीचको सम्बन्ध पनि निकै घनिष्ठ भएको बताउनुभयो।