सीता एयरले हप्तामा तीन दिन दाङ–काठमाडौं उडान भर्ने
2023-02-15 15:46:18CRI
Share with:

सीता एयरलाइन्सले भोलिदेखि हप्तामा तीनदिन दाङकाठमाडौं उडान भर्ने भएको छ। सीता एयरले तुलसीपुरको टरिगाउँ विमानस्थलमा सोमबार, बुधबार र शनिबार गरी हप्ताको तीन दिन उडान भर्ने भएको हो। नियिमत उडान भर्ने भएपछि नयाँ भाडा पनि निर्धारण गरिएको छ ।

 

अहिले भाडादर काठमाडौँ दाङ ८ हजार, दाङकाठमाडौं ८ हजार १०० रुपैयाँ तय  गरिएको सीता एयरका प्रमुख प्रबन्धक विनोद मिश्रले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट दिउँसो १२:१० बजे  र दाङबाट दिउँसो साढे १ बजे उडान भर्नेछ ।

 

माघ १३ गते सीताले परीक्षण उडान भरेको थियो। अनलाइनखबर।