चिनियाँ परराष्ट्र मन्त्री र इरानी विदेशमन्त्री बीच वार्ता
2023-02-15 11:13:28CRI
Share with:

चिनियाँ परराष्ट्र मन्त्री छिन काङले १४ तारिख पैचिङमा इरानी विदेशमन्त्री होस्सेयन अमिर अबदोल्लाहियनसँग वार्ता गर्नुभएको छ। 

मन्त्री छिनकाङका अनुसार, चीनले इरानसँग व्यावहारिक सहयोगलाई गहन पार्नुका साथै सांस्कृतिक आदनप्रदानलाई घनिष्ट पारेर दुई देशबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको निरन्तर विकास गर्ने इच्छा राखेको छ। दुई पक्षले आपसी केन्द्रिय हितसम्बन्धि मामिलामा एक आपसलाई समर्थन दिनुका साथै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वय तथा सहयोगलाई सबल पारेर क्षेत्रीय शान्तिका लागि साझा प्रयास गर्नुपर्छ। जसबाट अन्तर्राष्ट्रिय सम्बन्धको नियम तथा व्यवस्थापनको सुरक्षा गर्ने र विकासुन्मुख मुलुकको साझा फाइदा र अन्तर्राष्ट्रिय न्याय तथा निष्पक्षको सुरक्षा गर्नेछ। 

मन्त्री अबदोल्लाहियनले इरानले चीनसँगको सम्बन्धको विकासमाथि उच्च महत्व दिएको व्यक्त गर्नुभएको छ। 

इरानी आणविक मामिला सम्बन्धमा उहाँले नयाँ प्रगतिबारे चर्चा गर्नुका साथै चीनको रचनात्मक भूमिकाको पनि प्रशंसा गर्नुभएको छ।