"छ्यौ श" पत्रिकाद्वारा चिनियाँ राष्ट्राध्यक्षको महत्वपूर्ण लेख प्रकाशित
2023-02-15 15:51:37CRI
Share with:

फेब्रुअरी 16  तारिख प्रकाशित "छ्यौ श" पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङद्वारा सन् २०२२ डिसेम्बर १५ तारिख आयोजना भएको केन्द्रीय समितिको आर्थिक कार्य बैठकमा गर्नुभएको महत्वपूर्ण भाषण "वर्तमान आर्थिक कार्यका केही प्रमुख समस्याहरू" को केही विषय प्रकाशित गर्ने छ।

   

उक्त विषयका अनुसार आन्तरिक मागलाई विस्तार गर्न पहल गर्नुपर्ने छ। अपर्याप्त कुल माग वर्तमान आर्थिक सञ्चालनका सामु देखापरेको प्रमुख विरोधाभास हो। घरेलु माग विस्तार गर्ने रणनीतिलाई कडाइका साथ लागू गर्नुपर्दछ र सामाजिक उत्पादनको सकारात्मक चक्रलाई महसुस गर्न थप सशक्त उपायहरू लिनुपर्दछ। नीतिगत उपायहरू अनुकूलन गर्न र उपभोगको आधारभूत भूमिका र लगानीको मुख्य भूमिकालाई पूर्ण रूपमा खोल्न आवश्यक छ।

विदेशी पूँजी भित्र्याउन र सदुपयोग गर्नका लागि थप शक्ति लगाउनुपर्छ। चीनको सुपर परिमाण बजारको श्रेष्ठतामा निर्भर आन्तरिक बृहत् चक्रमार्फत विश्वव्यापी स्रोत तत्वहरूलाई आकर्षित गर्न आवश्यक छ।

 

सन् २०२३ मा धेरै महत्त्वपूर्ण काम गर्न बाँकी रहेको छ। ग्रामीण पुनरुत्थानलाई व्यापक रूपमा प्रवर्द्धन गर्न र ठूलो मात्रामा गरिबीलाई दृढतापूर्वक रोक्न आवश्यक छ। व्यापक र गहन सुधारको नयाँ चरणको योजना बनाउनुपर्छ। "बेल्ट एण्ड रोड" को संयुक्त निर्माणको उच्च गुणस्तरीय विकासलाई बढावा दिनुपर्छ। प्रमुख क्षेत्रीय रणनीति र समन्वयी क्षेत्रीय विकास रणनीतिहरूको गहन कार्यान्वयन गर्नुपर्छ। आर्थिक र सामाजिक विकासको हरित रूपान्तरणलाई बढावा दिनुपर्छ र सुन्दर चीनको निर्माण गर्नुपर्छ।