कूटनीतिक डायरी नामक किताबका लेखक राजेश्वर आचार्यसँगको अन्तर्वार्ता
2023-02-15 12:40:46CRI
Share with:

राजेश्वर आचार्य चीनका लागि पूर्व नेपाली राजदूत हुनुहुन्छ। उहाँ सन् १९९९ देखि २००३ सम्म बेइजिङमा नेपाली राजदूत हुनुहुन्थ्यो। चार वर्षे कुटनीतिक सेवा पूरा गरेर नेपाल फर्कनु भएका आचार्यले नेपाल फर्किएको दुई दसक पछाडि चीनमा कूटनीतिज्ञ हुँदाको अनुभव र डायरी समेटेर हालसालै एउटा कृति प्रकाशन गर्नु भएको छ। उहाँको किताबको नाम हो कूटनीतिक डायरी।

चीनमा राजदूत हुँदाको अनुभव र उहाँको कूटनीतिक डायरी कृतिमा केन्द्रित भएर सहकर्मी चेतनाथ आचार्यले जनवरी १४ तारिख उहाँसँग अन्तर्वार्ता लिनु भएको छ। आजको साक्षात्कार कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यसँगको अन्तर्वार्ता सुन्नुहोस्।