चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालसँगको अन्तर्वार्ता
2023-02-15 12:37:59CRI
Share with:

नयाँ वर्ष सन् २०२३ का अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दिनु भएको शुभकामना सन्देशले विश्वमा शान्ति र भाइचारा बाँडेको चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले बताउनु भएको छ। जनवरी १ तारिख आइतबार सीआरआई नेपाली सेवामा कार्यरत सहकर्मी चेतनाथ आचार्यसँग कुरा गर्दै उहाँले सी चिनफिङको शुभकामना सन्देशले विश्वमा न्यानोपन छरेको उल्लेख गर्नुभयो।

सीको शुभकामना सन्देशलाई आफूले मूलतः तीन भागमा वर्गीकरण गरेको बताउँदै चीनले हासिल गरेका उपलब्धिलाई सी चिनफिङले आफ्नो शुभकामना सन्देशमा प्राथमिकताका साथ समेट्नु भएको उहाँले बताउनुभयो। कोभिडको कठिनाइमा पनि चिनियाँ अर्थतन्त्र चलायमान भएको र १९ वर्षसम्म चिनियाँ खाद्यवालीको वृद्धि तथा खाद्यसुरक्षाले चीनमा गरिबी निवारण सफल भएको विषय विश्वका लागि अनुकरणीय रहेको पौड्यालको भनाइ छ। यसैगरी सीपीसीको २० औँ महाधिवेशन र हिउँदे ओलम्पिक तथा चीनले अन्तरिक्ष क्षेत्रमा पाएको सफलतालाई पनि सी चिनफिङले चीनको उपलब्धिका रुपमा राख्नु भएको भन्दै नेपालको छिमेकी मुलुक चीनका यस्ता उपलब्धि गहन रहेको पौड्यालले विश्लेषण गर्नुभयो।

आजको साक्षात्कार कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत तथा नेपालका पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँगको सोही अन्तर्वार्ता प्रस्तुत गर्दैछौं।