अमेरिकी तल्लो सदनबाट पारित 'अमेरिकी भूभागमा चिनियाँ बेलुनको प्रयोग सम्बन्धी प्रस्ताव' बारे चिनियाँ राष्ट्रिय जनकंग्रेसको वक्तव्य
2023-02-16 16:00:27cri
Share with:

अमेरिकी तल्लो सदनमा 'अमेरिकी भूभागमा चीनको उच्च उचाइको बेलुन प्रयोगसम्बन्धी प्रस्ताव' पारित भएपछि फेब्रुअरी १६ मा चिनियाँ राष्ट्रिय जनकाँग्रेसको वैदेशिक मामिला समितिले एक वक्तव्य जारी गर्दै कडा निन्दा र विरोध व्यक्त गरेको छ।

सो वक्तव्यमा यसरी भनिएको छः अमेरिकाको सो प्रस्तावबाट 'चीन धम्की' हुने भनाइलाई जानाजानी फैलिएको छ जसको वास्तविकता दुर्भावनापूर्ण प्रचार र राजनीतिक हेरफेर हो। राष्ट्रिय जन कंग्रेसले यसको कडा निन्दा र विरोध गर्दछ।

पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र साझा जीत सहित सहकार्य गर्ने चीनअमेरिका सम्बन्धको निर्माण गर्नु नै दुवै देशका जनताका आधारभूत हितसँग अनुकूल छ र यो अन्तर्राष्ट्रिय समुदायको सामान्य अपेक्षा पनि हो भन्ने कुरा पनि सो वक्तव्यमा उल्लेख छ। तथ्य, अन्तर्राष्ट्रिय कानूनको भावना र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने आधारभूत मान्यताको सम्मान गर्दै अमेरिकाले चीनलाई बदनाम गर्ने गलत अभ्यासला तत्कालै बन्द गर्नुपर्छ।  वर्तमान स्थितिलाई थप जटिल बनाउने कार्य नगर्न पनि चीनले  ताकिता गरेको छ।