चीनको सिनच्याङ, तिब्बत लगायत हवाई क्षेत्रमा अमेरिकी बेलुनहरूको अवैध प्रवेश
2023-02-16 15:58:33cri
Share with:

अमेरिकी "बेलुन" गत वर्षको मेदेखि यता कम्तमा १० पटक गरी चीनको हवाई क्षेत्रमा अवैध रूपमा प्रवेश भएकोबारे चीनले के कस्ता कदम चालेको भन्ने प्रश्न फेब्रुअरी १५ मा योजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उठेको छ।

उक्त प्रश्नको जवाफ दिँदै प्रवक्ता वाङ वनपिनले भन्नुभयोः 'गत वर्षको मेदेखि यता अमेरिकाले ठूलो संख्यामा उच्च-उचाइका बेलुनहरू उड्दै विश्वव्यापी परिक्रमा जारी राखेको छ। सम्बन्धित चिनियाँ विभागहरूको अनुमतिबिना कम्तिमा १० पटक गरी सिन्च्याङ, तिब्बत लगायत चीनको हवाई क्षेत्रमा ती बेलुनहरू अवैध रूपमा प्रवेश भएर उडेका छन्। चिनियाँ नागरिक हवाई जहाजहरू फोर्स मेजरका कारण अमेरिकी हवाई क्षेत्रमा छिरेको बारेमा चीनले अमेरिकी पक्षलाई पटकपटक स्पष्ट पार्दै आएको छ तर अमेरिकी पक्षले चीनको अनुमति विना चीनको हवाई क्षेत्रमा अमेरिकी बेलुनको अवैध उडानको बारेमा चु लागिरहेको साथै चीनले गलत जानकारी फैलाएको दाबी पनि गरेको छ।

प्रवक्ता वाङले चीनको हवाई क्षेत्रमा अवैध रूपमा उडिरहेका अमेरिकी बेलुनहरूला चीनले शान्ति र व्यावसायिक रूपमा व्यवहार गरेको बताउँदै अमेरिकाले चिनियाँ नागरिक हवाई जहाजलाई अनुचित प्रतिक्रिया गरेको छ। अमेरिकाको यस्तो गतिविधिको व्याख्या अमेरिकाले चिनियाँ र अन्तर्राष्ट्रिय समुदायलाई प्रदान गर्नुपर्दछ। साथै चीनलाई बदनाम गर्ने गतिविधिला  बन्द गर्नुपर्छ। अमेरिकी जनता र अन्तर्राष्ट्रिय समुदायलाई गलत पथ प्रदर्शन गर्न बन्द गर्नुपर्छ। चीनले थप आवश्यक प्रतिक्रियाहरू दिने अधिकार राख्दै जाने छ।