"चीन र ५ मध्य एशियाली मुलुक"को औद्योगिक र लगानी सहयोग मञ्चलाई सी चिनफिङको बधाई सन्देश
2023-02-16 15:59:32cri
Share with:

फेब्रुअरी १६ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले 'चीन र ५ मध्य एशियाली मुलुक'को औद्योगिक तथा लगानी सहयोग मञ्चलाई बधाई सन्देश पठाउनुभएको छ।

बधा सन्देशमा सीले चीन र मध्य एशियाका पाँच मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षमा क्रमिक रूपमा रणनीतिक साझेदारी सम्बन्ध स्थापित भ असल छिमेकीपन मैत्रीपूर्ण साझ जीतयुक्त सहयोगको नयाँ मार्गलाई अगाडि बढाइएको बताउनुभयो। उहाँले यसै क्रममा नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको नमूना पनि प्रस्तुत गरिएको उल्लेख गर्नुभयोउहाँले भन्नुभयो, मध्य एशियाली मुलुकहरूसँग अति ठूलो बजार, पूर्ण औद्योगिक प्रणाली र उन्नत प्रविधि बाँड्दै जाने इच्छा चीनले लिएको छ। उच्च गुणस्तरिय क्षेत्रीय आर्थिक विकासलाई बढाउँदै चीन-मध्य एशिया संयुक्त भाग्य समुदायलाई घनिष्ट पार्दै जान चीन इच्छुक छ।

प्राप्त जानकारी अनुसार, 'चीन र ५ मध्य एशियाली  मुलुक'को औद्योगिक तथा लगानी सहयोग मञ्च सोही दिन शानतोङ प्रान्तको छिङताउ शहरमा शुरू भएको हो