चीन र नेपाल असल छिमेकी, मित्र र साझेदार हुन्
2023-02-16 08:45:00CRI
Share with:

“चीन सरकार र जनताको सहयोग बिना नेपाली पहाडी क्षेत्रमा यस्तो आधुनिक स्कुलको स्थापनाको म कल्पना गर्न सक्दिन।”

फेब्रुअरी ३ तारिख चीनको सहयोग परियोजना रत्न माध्यमिक स्कुलको नयाँ भवन संचालन कार्यक्रम एवम् स्कुल स्थापनाको ५९औँ वार्षिकोत्सव समारोह चीन-नेपाल सीमाबाट ४० किलोमिटर मात्र टाढा पर्ने जुगल हिमालमूनि आयोजना भएको छ। चीन र नेपालका कर्मचारीबीच साढे दुई वर्षसम्मको संयुक्त प्रयासमा सम्पन्न भएको उक्त परियोजना चीन-नेपालबीच आपसी सहयोग भएर विकास भएको अर्को प्रतीक बनेको छ। सो दिनको कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उक्त कुरा भन्नुभएको हो।

सन २०१५ मा नेपालमा ८.१ स्केलको विशाल भूकम्प गएको थियो भने दश हजारभन्दा बढी हताहत भएका थिए। भूकम्पको भोलिपल्टै ३ वटा चिनियाँ उद्धार टोली नेपालमा पुगेर उद्धार थालेका थिए, त्यसपछि चीनले नेपाललाई २५ वटा पुनःनिर्माण कार्यक्रममा सहयोग गरेको छ। हालसम्म चीनले नेपाललाई पुनःनिर्माणमा सबैभन्दा बढी निःशुल्क सहायता प्रदान गरेको छ भने सहायता रकम ७६ करोड अमेरिकी डलर नाघेको छ। रत्न माध्यमिक स्कुलको पुनःनिर्माण ती सहायता कार्यक्रममध्येको एक हो। हाल रत्न माध्यमिक स्कुल स्थानीय क्षेत्रको सबैभन्दा ठूलो, उत्तम वातावरण, सबैभन्दा उन्नत सुविधा भएको माध्यमिक स्कुल बनेको छ भने ७०० भन्दा बढी विद्यार्थीले पढ्न सक्छन्। एक स्थानीय विद्यार्थीका बुवा तामाङले नयाँ स्कुल भवन हेरेर निकै उत्साहित भएको बताए। उनले भने हामी सानैदेखि सुदूर क्षेत्रमा बस्छौँ, काठमाण्डौँ गएका छैनौँ, चीन पनि। बच्चाले धेरै पढेपछि बाहिर निस्किन पाउने छ र पहाडी क्षेत्रमा अरू नबस्ने मेरो इच्छा छ। अब हामीले भविष्यबारे बढी विश्वास लिएका छौँ र बच्चालाई अरू पढायौँ भने भविष्यमा जन्मथलोको अझ राम्रोसँग निर्माण गर्नेछौँ, मौका मिल्यो भने चीनमा पढ्न पनि पठाउने छौँ।

नेपालका प्रधानमन्त्री प्रचण्डले चिनियाँ साथीले हामीलाई यति ठूलो उपहार दिएको छ भन्दै हामीले आभार ज्ञापन गर्नुबाहेक मेहनतसँग पढ्ने र काम गर्ने गरी व्यवहारिक कार्यले नेपालको निर्माण गरेर नेपाल-चीन सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई योगदान गर्नुपर्ने पनि दोहोर्याउनुभयो।

चीन र नेपाल असल छिमेकी, मित्र र साझेदार हुन्। सन् २०१९ मा राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गरेबाट दुई देश बीचको सम्बन्ध विकास र समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धमा उकासिएको छ। यसरी नै चीन-नेपाल मित्रताको नयाँ पृष्ठ खोलेको छ। हाल दुई देशबीचको आदान-प्रदान र सहयोग अझ घनिष्ठ भएको छ। राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमण उपलब्धिलाई व्यवहारमा उतारिएको छ साथै मानव भाग्य समुदाय विचारको सबैभन्दा उत्त्म अभ्यास पनि हो।

नेपालका लागि चीनका राजदूत छन सुङले भन्नुभएझैँ छिमेकीसँग दयालु र मित्रवत् हुने नीतिमा चीन अडिग रहेर चीनको नयाँ विकासबाट नेपाललाई नयाँ अवसर प्रदान गर्नेछ र भूपरिवेष्ठित मुलुकबाट भूजडित बन्न नेपाललाई सहयोग गर्नेछ।