परिस्थिति थप बिग्रने गरी कारबाही नगर्न अमेरिकालाई चीनको आग्रह
2023-02-16 18:52:11CRI
Share with:

स्थानीय समय अनुसार १५ तारिख साँझ, अमेरिकी सिनेटले दुईवटा प्रस्ताव पारित गर्दै अमेरिकाको सार्वभौमिकता उल्लङ्घन गरेको भन्दै तथाकथित चिनियाँ बेलुनहरूको निन्दा गर्दै बाइडेन प्रशासनलाई यस विषयमा कांग्रेससमक्ष पूर्ण रूपमा जानकारी गराउन भनेको छ।

 

यस सम्बन्धमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिङले अमेरिकी कङ्ग्रेसको सम्बन्धित प्रस्तावले आधारभूत तथ्यलाई बेवास्ता गरेको र विशुद्ध राजनीतिक हेरफेर र दुर्भावनापूर्ण प्रचार गरेको रोप लगाउनुभयो। चीनले यसप्रति कडा असन्तुष्टि र दृढताका साथ विरोध गर्ने भन्दै प्रवक्ता वाङ भन्नुभयो, अमेरिकी काँग्रेसलाई तथ्यहरूको सम्मान गर्न, अन्तर्राष्ट्रिय कानूनको भावना र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताहरूको सम्मान गर्न, चीनको निन्दा गर्ने गलत अभ्यासलाई तुरुन्तै बन्द गर्न र परिस्थितिलाई बढावा दिने कार्यहरू गर्न रोक्न हामी आग्रह गर्दछौं।