सीपीसी केन्द्रिय समिति राजनीतिक ब्यूरोको स्थायी समिति सम्मेलनमा महामारी रोकथाम कार्यबारेको प्रतिवेदन
2023-02-16 20:07:07CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनीतिक ब्यूरोको स्थायी समितिको सम्मेलन फेब्रुअरी १६ तारिख योजना भएको छ। सम्मेलनले हालको कोरोना महामारी रोकथाम कार्यबारे जानकारी दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले सम्मेलनमा सहभागी हुनुका साथै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

 

सम्मेलनले ३ वर्षयता चीनको महामारी रोकथाम प्रकृया अत्यन्तै उत्कृष्ट हुनुका साथै सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले जनता र जनताको जीवन प्राथमिकताको नीतिमा अडिग रहेर प्रभावकारी रूपमा जनताको जीवन सुरक्षा र स्वास्थ्यको संरक्षण गरेको उल्लेख गरेको छ।

 

सम्मेलनका अनुसार, सन् २०२२को नोभेम्बरदेखि चीनले महामारी रोकथाम नीतिको सुधार गरी छोटो समयमा महामारी अवस्थाला स्थिर पारेको छ यसरी नै २० करोडभन्दा बढी मानिसले चिकित्सा उपचार पाएका छन् भने लगभग ८ लाख गम्भीर बिरामीले प्रभावकारी उपचार पाएका छन्। महामारीको मृत्यु दर विश्वकै न्यूनतम स्तरमा कायम राखिएको छ र मानवजातिको सभ्यता इतिहासमा ठूलो मुलुकले महामारी जितेको चमत्कार सिर्जना गरेको छ।