चौधौँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो बैठक र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको चौधौँ राष्ट्रिय समितिको पहिलो बैठकको अन्तर्वार्ता लिन चिनियाँ तथा विदेशी पत्रकारहरूलाई स्वागत
2023-02-16 17:16:10CRI
Share with:

१४ औं राष्ट्रिय जन कांग्रेसको पहिलो बैठक र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १४ औं राष्ट्रिय समितिको पहिलो बैठक क्रमशः सन् २०२३ मार्च ५ र मार्च ४ तारिख बेइजिङमा हुने भएको छ। राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको कार्यालय र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको कार्यालयले आज घोषणा गरेअनुसार यी बैठकहरुले खुलापन र पारदर्शिताको भावनालाई निरन्तरता दिँदै चिनियाँ तथा विदेशी पत्रकारहरूलाई अन्तर्वार्तामा सहभागी हुन स्वागत छ। साथै बैठकहरुले चिनियाँ तथा विदेशी पत्रकारहरूलाई रिपोर्टिङका लागि सेवाहरू प्रदान गर्ने छ।

 

यी बैठक सम्बन्धी अन्तर्वार्ताहरू, साइट अन्तर्वार्ता, अनलाइन भिडियो अन्तर्वार्ता, लिखित अन्तर्वार्ता लगायत विभिन्न तरिकामा सञ्चालन गरिने छ भने बेइजिङमा रहेका चिनियाँ तथा विदेशी पत्रकारहरूलाई सहभागी हुन स्वागत गरिएको छ। विदेशी पत्रकारहरूले अनलाइन भिडियो, लिखित र अन्य माध्यमबाट अन्तर्वार्ता लिन सकिने जनाइएको छ। विदेशी पत्रकारहरूले प्रेस केन्द्रमा आवेदन दिनसक्नेछन् भने पत्रकारहरूको लागि दर्ता गर्ने अन्तिम मिति फेब्रुअरी २२ तारिखसम्म रहेको छ।