तिब्बतसँग जोडिएको गोरखाको उत्तरी चुमनुव्री गाउँपालिकामा पहिलो पटक गाडी
2023-02-16 16:26:12CRI
Share with:

तिब्बतसँग जोडिएको गोरखाको उत्तरी चुमनुव्री गाउँपालिकामा पहिलो पटक सवारी र मालवाहक साधन पुगेका छन्। चुमनुव्री३ जगतबगरमा बुधबार जिप, ट्रक र ट्र्याक्टर पुगेका हुन्। यसअघि सडक सञ्जाल विस्तार नभएको गाउँपालिकाभरि नै सवारी पुगेका थिएनन्। बेनिघाटआरुघाटलार्के सडक खण्डअन्तर्गत गत वर्ष दोभानसम्म मात्रै सवारी पुगेको थियो

 

नेपाली सेनाले लार्के सडकको ट्र्याक खोल्ने क्रममा जगतबगरसम्म गाडी गुड्ने सडक निर्माण गरेको हो। दुर्गम गाउँमा गाडी पुगेपछि स्थानीय उत्साहित बनेको जगतका गणेश कार्कीले बताउनुभयो। आज १४ वटा गाडी गाउँ आए,’ उहाँले भन्नुभयो, ‘अहिले परीक्षणका लागि गाडी गुडाइएको रहेछ, परीक्षण भएपछि गाडी आउन सक्छ भन्ने भयो, अब जनतालाई सजिलो पर्छ

 

जगतबगरसम्म गाडी चले उत्तरी गोरखाका स्थानीयको पैदल दूरी छोटिनेछ। बर्खामा सवारी नगुडे पनि हिउँदमा सहज बन्ने स्थानीयको अपेक्षा रहेको कान्तिपुर अनलाइनमा खबर छसबैभन्दा सजिलो ढुवानीमा हुन्छ, अहिले माछाखोलाबाट जगतबगर खच्चडमा सामान ल्याउँदा प्रतिकिलो २० रुपैयाँ तिर्नुपर्छ, गाडीबाट भए एक केजीमा झन्डै १५ रुपैयाँ घट्छ,’ कार्कीले भन्नुभयो।

 

जगतबगर चुमनुव्रीको सबैभन्दा तल्लो गाउँ हो। जगतबगरबाट पनि चुमनुव्रीअन्तर्गत सामागाउँ र छेकम्पार पुग्न कम्तीमा २ देखि ३ दिन पैदल हिँड्नुपर्छ। नेपाली सेनाले पाङसिङसम्म सडकको ट्र्याक खोलेकाले छिट्टै उपल्लो क्षेत्रमा पनि गाडी गुड्नेमा आफूहरू आशावादी रहेको चुमनुव्री३ का वडाध्यक्ष रामकुमार गुरुङले बताउनुभयो।  जगतबगरसम्म गाडी आइपुग्दा पनि धेरै सुविस्ता हुन्छ,’ उहाँले बताउनुभयो।

 

तिब्बत सीमा जोड्ने लार्के सडक निर्माणको जिम्मा पाएको सेनाले हालसम्म ३१ किलोमिटर ट्र्याक खोलेसँगै चुमनुव्री सडक सञ्जालले जोडिएको हो। बेनिघाटलार्के सडक खण्डअन्तर्गत हावाडाँडाबाट काम थालेको सेनाले चुमनुव्रीको पाङसिङसम्म ट्र्याक खोल्न खण्ड छुट्याएर काम गरिरहेको छ। अघिल्लो वर्ष धार्चे गाउँपालिका३ को दोभानसम्म गाडी गुडेको थियो। धार्चे७ हावाडाँडादेखि वडा ३ को दोभानसम्म ट्र्याक पूरा भएसँगै १८ किलोमिटर सडक सडक विभागलाई गत वर्ष हस्तान्तरण गरिएको छ

 

धार्चेको केन्द्र नजिकै माछाखोलामा बेलिब्रिज राखेपछि आउजाउ सहज बनेको छ। दोभानसम्म गाडी गुडेसँगै उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको ढुवानी मूल्य घटेको थियो। लार्केभन्ज्याङसम्मको उक्त सडकको ट्र्याक खोलिएसँगै गुम्दा लापु, उहिया, काशीगाउँ, केरौँजा, सिर्दिवास, बिही, प्रोक र सामागाउँवासी प्रत्यक्ष लाभान्वित हुनेछन्

 

बेनीघाटदेखि लार्केसम्म १ सय ५४ मध्ये ६२ किलोमिटर सडक विभाग र हावाडाँडादेखि लार्केसम्म ९२ किलोमिटर ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ। २०७४ वैशाख ११ बाट सडकको काम सुरु भएको थियो। सुरुमा लार्के खण्ड निर्माणको सुरुवात सडक विभागले गरेको थियो। लापुको हावाडाँडा भीरमा कडा चट्टान भेटिएपछि मन्त्रिपरिषद्को निर्णयबाट ट्र्याक खोल्ने जिम्मा सेनालाई दिइएको हो